NewsSports

जापानमा डरलाग्दो दुर्घटना , आमा छोरीको एउटै चिहान !





टोकियोमा शुक्रबार ८७ बर्षिय बृद्ध व्यक्तिले चलाएको कारको ठक्करबाट दुईजनाको निधन भएको छ ।दुर्घटना हिगासी ईकिबुकुरो स्टेशन नजिक अपरान्ह १२ ३० बजेको समयमा भएको जापानी समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।कारको ठक्करबाट एक जना महिला र उनको छोरीको निधन भएको र अन्य आठ जना गम्भिर घाईते भएको जापान प्रहरीलाई उदृत गर्दै जापानी समाचार संस्था क्योदोले उल्लेख गरेको छ ।प्रहरीले घातक दुर्घटनामा ८७ बर्षिय बृद्धले चलाएको कारले सुरुमा पैदल यात्रु हिँड्ने बारमा र एक साईकललाई ठक्कर दिएको बताएको छ । ठक्कर दिने क्रममा कार ७० मिटर हुईकिएको र अन्य सडक पार गर्न लागेका यात्रुहरुलाई ठक्कर दिंदै अर्को एक कारसँग ठोक्किन पुगेको थियो ।

यसक्रममा कारले साईकलमा सवार ३१ बर्षिय महिलालाई ठक्कर दिन पुगेको थियो । जुन साईकलमा महिलाको तीन बर्षिया छोरी पनि रहेकी थिईन् ।कारको ठक्करबाट सडकमा उछिट्टीन पुगेका दुवैको निधन भएको छ ।कारको ठक्करबाट अन्य आठ जना घाईते भएको र ८७ बर्षिय बृद्धि कारका चालक पनि गम्भिर घाईते भएका छन् ।घाईते सबैको उपचार भईरहेको र केहीको अवस्था गम्भिर रहेको समाचारमा जनाईएको छ।प्रहरीले दुर्घटना गराएका बृद्ध कार चालकमाथि सोधपुछ गरिरहेको र उनले खुट्टाको ग्याँस प्याडल अड्कीएका कारण कार अनियन्त्रित भएर दुर्घटना हुन पुगेको बताएको एनएचके टेलिभिजनले जनाएको छ ।




Back to top button