NewsSports

डेढ बर्षका छोरीहरु काखीमा च्यापी दुबईमा बन्धक रहेका श्रीमानको उद्धार गर्न श्रीमतीको गुहार





मोरङ । विदेशमा आफ्नो श्रीमान् अलपत्र परेको भन्दै मोरङ सुन्दरहरैचा ५ का दुई महिला उनीहरुको उद्धारको माग गर्दै तिन दिनदेखि श्रम कार्यालय बिराटनगर धाईरहेका छन् । डेढ बर्षका छोरीहरु काखीमा च्यापी उनिहरु लगातार तिन दिन देखी श्रम कार्यलय धाऊन थालेका हुन । आठ महिना अघि काठमाडौको ह्वाईट मेनपावर मार्फत दुवई पुगेका सुन्दरहरैचा ५ का पुष्पमणि गौतम र रविन पराजुली लाई एजेन्टले वन्धक वनाएर कुटपिट समेत गरेको भन्दै उनका श्रीमतीहरु उजुरी लिएर श्रम कार्यालय पुगेका हुन् ।

उनिहरुले आफ्ना श्रीमानको शरिरमा भएको चोटपटकको फोटो सहित श्रम कार्यालयमा न्यायको हारगुहार गर्दै पुगेका छन् । उनीहरु १ लाख ७० हजार रुपैया तिरेर बैदेशिक रोजगारका लागी दुवई गएका थिए । उनीहरुलाई एजेण्टले भने अनुसारको काम नदिएको भनि घरमा फोन गरेर वताएको पुष्पमणि गौतमका बुबा भोजराज गौतमले वताए । उनी भावुक हुँदै श्रम कार्यालय मोरङका प्रमुख प्रेमप्रसाद संजेल सँग आफ्नो छोराको उद्धार गरीदिन माग गर्दै त्याँहा पुगेका थिए ।

छोरोले काम गरेको पैसा माग्दा साहुले ढोका थुनेर कुटेको वताउदै उनले जतिसक्दो चाँडो उनको उद्धार गरिदिन् माग समेत गरे । छोरोले निलडाम सहितको फोटो मोवाईलमा पठाउँदा आफ्नो आँशुनरोकिएको गौतमले वताए । उनीहरु स्टिकर टाँस्ने कम्पनिमा दैनिक १० घन्टा काम गर्ने सहमतिमा विदेश गएका थिए ।

उनीहरुलाई अहिले अर्कै काम लगाएको समेत परिवारको गुनासो छ । ३५ देखी ४० हजार सम्म तलव हुन्छ भनेर ऋण खोजेर विदेशी पठाएको रविनकी श्रीमती कल्पना पराजुलीले श्रीमानले काम गर्न सक्दैनौँ, तलव दिनु हामी घर फर्कन्छौ भन्दा कोठा थुनेर कुटपिट गर्ने गरेको आफुलाई फोनमा बताउने गरेको सुनाईन ।




Back to top button