IntrestingNews

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवलमा कालो झण्डा

बुटवल : प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवलको जीतगढीमा एक युवाले कालो झण्डा देखाएका छन्। जितगढी विजयोत्सवमा मन्तव्य दिइरहेका बेला ती युवाले नारा लगाउँदै कालो झण्डा देखाएका हुन्।जितगढी जिन्दावाद, उजिरसिंह अमर रहुन्’ भन्दै अर्घाखाँची घर भएका रुद्रप्रसाद घिमिरेले कालो झण्डा देखाएका हुन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रधानमन्त्री ऐतिहासिक जीतगढी किल्लाको विषयमा बोलिरहेका थिए।कालो झण्डा देखाउदै गर्दा प्रधानमन्त्री ओलीले ‘झण्डा देखाइरहेको छ, के हेरिरहनुभएको तपाईहरुले? भन्दै सुरक्षाकर्मीलाई सचेत बनाएका थिए। उनले कसैबाट परिचालित भएर झण्डा देखाउँदैमा केही नहुने भन्दै धैर्य रहन उपस्थितलाई आग्रह गरे।कार्यक्रममा प्रधानमन्त्री ओली सहित उपप्रधानमन्त्री इश्वर पोखरेल, प्रदेश–५ का प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, पूर्वमन्त्रीहरु विष्णु पौडेल, बालकृष्ण खाणसहित प्रदेशका सभामुख मन्त्री, प्रधानसेनापति सहभागी थिए।नेपाली सेनाले नै सुरक्षा व्यवस्था गरेकै कार्यक्रममा प्रधानमन्त्रीलाई कालो झण्डा देखाइएको हो। रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी उदय रानाले मानसिक असन्तुलनका कारण त्यस्तो घटना घटाएको दावी गरे। झण्डा देखाउने घिमिरे कुनै दलसँग आवद्ध भएको भने खुलेको छैन। उनी बुटवलमै डेरी व्यवसाय चलाउने रहेको बताइएको छ।विराटनगर, ७ वैशाख । मोरङ जिल्लामा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ ।पथरीशनिश्चरेमा शनिबार बिहान स्थानीय रिना बस्नेतलाई हत्या गरी फालिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।मोरङका प्रहरी प्रमुख एसपी मनोज केसीले २९ वर्षीया बस्नेतको शव बिहान मर्निङ वाकका क्रममा स्थानीयले फेला पारेको बताएका छन् ।शव नजिक रगत भेटिएका कारण बस्नेतको बलात्कारपछि हत्या गरेको हुनसक्ने आशंका एसपी केसीको रहेको छ ।बस्नेतको शव डेरा गरी बस्दै आएको घर नजिकै भेटिएको थियो । १४ वर्षीय छोराका साथ बस्दै आएकी

बस्नेतको श्रीमान् वैदेशिक रोजगारीमा छन् ।शुक्रबार साँझ सांगीतिक कार्यक्रम हेर्नका लागि घरबाट निस्किएकी बस्नेतको निवस्त्र अवस्थामा शव फेला परेको एसपी केसीले जानकारी दिए ।बस्नेतले कस्मेटिक पसल सञ्चालन गर्दै आएकी थिइन् । बस्नेतको कोठाबाट केही मदिराको बोतल फेला परेको छ ।काठमाडौं, ७ वैशाख । घाटमा जलाउन लागिएकी एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।वीरगन्ज महानगरपालिका २३ प्रसौनीमा २८ वर्षीय अन्जुदेवीको शव घाटबाटै प्रहरीले नियन्त्रणमा लिएको हो । शव जलाउनका लागि मलामीले शवलाई भारत तर्फ लान खोजेको र शव वहानले उता लान नमानेपछि शवलाई त्यहि जलाउन खोजेको भन्ने सूचनाका आधारमा घटना शंकास्पद देखिएकाले शव नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।शव नियन्त्रणमा लिन प्रहरी घाट पुगेपछि मलामीहरुमा भाग दौड मच्चिएको थियो । प्रहरीले मलामी दुई जना कृष्ण दास र उमेश दासलाई नियन्त्रण्मा लिएर अनुुशन्धान अगाडि बढाएको जनाएको छ ।अन्जुको शव पोष्टमार्टमका लागी नारायणी अस्पताल वीरगन्जमा लगिएको प्रहरीले जनाएको छ । अन्जुको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।काठमाडौँ – बिपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ सेल्फीडाँडामा आज बिहान बा३ख ५३९६ नंको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।धुलिखेलबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको उक्त टिपर सटकबाट अन्दाजी ३०० मिटर तल खोचमा खस्दा टिपर धनी एवं चालक धादिङको थाक्रे गाउँपालिका–७ का ४५ वर्षीय केदारबहादुर बस्नेतको घटनास्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।प्रकाशित : शनिबार, बैशाख ०७, २०७६०७:४४

Back to top button