IntrestingNews

सास फेर्न गाह्रो भएपछि कतार एयरवेजको विमान मै ज्यान गयो’

सास फेर्न गाह्रो भएपछि विमानमै ज्यान गयो’ कतारको राजधानी दोहाबाट हैदराबाद आउँदै गरेको कतार एयरवेजको विमानमा सास फेर्न गाह्रो भएकाले एक ११ महिनाका बालकको ज्यान गएको छ ।हिन्दुस्तान टाइम्सले जनाएअनुसार हैदराबादमा रहेको राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण भएसँगै ती बालकलाई अपोलो मेडिकल सेन्टर लगिएको थियो । तर डाक्टरहरुले बालकलाई मृत घोषित गरे । बालकका आमाबुवासँग भारतीय पासपोर्ट रहेको र बालकसँग अमेरिकी पासपोर्ट रहेको थियो ।घटनापछि कतार एयरवेजले एक विज्ञप्ति सार्वजनिक गर्दै भनेको छ, ‘आज बिहान हैदराबादको अन्तर्राष्ट्रिय विमानस्थल एक बालकको मृत्युको खबरले हामी एकदमै दुखी छौँ, हामी पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दछौँ ।’तर हैदराबाद विमानस्थलका प्रवक्ताले भने कतार एयरवेजको विज्ञप्तिको खण्डन गर्दै बालकको मृत्यु विमानमै भएको बताएका छन् । उनले अपोलो मेडिकल सेन्टरकोआधिकारिक रिपोर्ट आएपछि मात्रै सबै कुरा भन्न सकिने बताएका छन् । गएको महिना सास फेर्न समस्या भएकै कारण इन्डिगो एयरको विमानमा चार वर्षीय बालकको ज्यान गएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई असफल नेतृत्वको आरोप लगाएका छन् ।उनले पार्टी अध्यक्ष

ओली पार्टी तथा सरकार सञ्चालनमा असफल भइसकेका दावी गरे । पार्टीको सचिवालय बनाउँदा आफुलाई ओलीले अन्याय गरेको भन्दै आफ्नो बरियता मिचेको खनालको आरोप थियो ।खनालले पार्टी नेतृत्वले पार्टीको नीति र विधिको उलंघ्घन गरेको समेत आरोप लगाए । ‘नीति र विधि पालना गर्ने र कार्यान्वयन गर्ने कुरो भनेको शीर बिन्दुबाटै हुनुपर्ने हो’ उनले भने, ‘टुप्पीबाट हो, टुप्पी भनेको अध्यक्ष । यो पनि दुईटा अध्यक्षले गर्नुपर्ने हो । उनीहरुले यो कुरालाई पहलकदमी लिनु पर्ने हो । सुरु गर्नुपर्ने हो ।’त्यस्तै ओली नेतृत्वको सरकारले जनताको हितमा काम गर्न नसकेको भन्दै सरकारप्रति जनता आकुलव्याकुल बनेका समेत खनालले बताए । सात महिनामा जनताले सोचे अनुसारको काम सरकारले गर्न नसकेको र सरकार उल्टो बाटोमा लागेको भन्दै खनालले सरकारको चर्को आलोचना गरे अहिले नेकपाकै नेतृत्वमा सरकार रहेको र सरकार गठन भएको ७ महिना पूरा भइसक्दा पनि यो अवधिमा सरकारले के गर्यो? के गर्न पर्थ्यो ? र किन नागरिकमाझ विश्वासको आधार खडा गर्न सकिएन भन्ने प्रश्नहरु उब्जन थालेको नेता खनालले बताए ।त्यस्तै उनले नेकपाका सबै नेताहरु आ–आफ्नै गुट, उपगुट बनाउनमा लागि परेको भन्दै आवश्यक परेको खण्डमा सबै भन्दा ठुलो गुट आफैंले बनाउने दावी समेत गरे । यद्यपि अहिले नै पार्टीमा गुट सञ्चालनको पक्षमा आफु नरहेको समेत उनले स्पष्ट पारे ।-नेपाल पाना

Back to top button