NewsSports

बालुवाटार बेच्नेलाई कानुन संशोधन गरेर भए पनि फाँसी दिनुपर्छ – बिजुक्छे (भिडियो)





प्रधानमन्त्री केपी शर्मा ओलीले आफु पनि भ्रष्टाचार नगर्ने र अरुले पनि भ्रष्टाचार गरे नछोड्ने बताउदै आएका छन् । उनको यो दुई तिहाइको सरकारलाई आपूmले बाचा गरेका कुरा पूरा गर्नका लागि कुनै पनि किसिमका अप्ठेरो पनि छैन ।मन्त्रिपरिषद्ले व्यक्तिका नाममा सारिएका मुलुकभरका सरकारी जग्गाबारे छानबिन गर्न भूमिव्यवस्था र गृह मन्त्रालयलाई आदेश दिइसकेको छ । तर आफ्नै पार्टीका महासचिव संलग्न भएको विषयमा प्रम ओलीले कारबाही प्रक्रिया अगाडि बढाउनुहुन्छ कि हुन्न भन्ने कुरा चासोको विषय भए को छ ।यसै बीच महासचिव विष्णु पौडेलले बालुवाटारमा ८ आना जग्गा खरिद गरेको विषयमा दोस्रो विज्ञप्ती जारी गरेका छन् ।

शुक्रवार जारी विज्ञप्तीमा उनले २०६१ सालमा नवलपरासीको बर्दघाटस्थित श्रीमतिको नाममा रहेको ८ कठ्ठा जग्गा बेचेर आएको रकमले बालुवाटारमा ८ आना जग्गा खरिद गरेको उल्लेख गरेका छन् ।छोरा नविन पौडेलको नाममा २०६१ पुस २९ गते किनिएको ८ आना जग्गालाई लिएर विवाद भएपछि पौडेलले दोस्रो विज्ञप्ती मार्फत जग्गा प्रकरणमा ६ बुँदे प्रष्टिकरण दिएका छन् ।महासचिव पौडेलले गैरकानुनी रुपमा दर्ता भएका जग्गाको दर्ता बदर गरी सरकारको नाममा कायम गर्ने तथा यस्ता कार्यमा संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम कारवाही गर्ने सरकारको अभियानमा आफूले सघाइरहेको जनाएका छन् ।

महासचिव पौडेलले आफू कुनै पनि तहको जिम्मेवारीमा नरहेको बेला बर्दघाटमा श्रीमतीको नाममा रहेको जग्गा बेचेर बालुवाटारको जग्गा खरिद गरिएको प्रष्ट पारेका छन् ।बालुवाटार जग्गा प्रकरणमा पार्टी महासचिव विष्णु पौडेल उल्टै पिडित बनेको भन्दै क्षतिपूर्ती दिलाउनुपर्ने हुंकार सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले समाचार बाहिरिएको केही समयमा नै गरे। सामाजिक सञ्जालमा ब्यापक दवाव आएपछि यू टर्न हुदै सरकारका प्रवक्ताले ललिता जग्गा काण्डमा जो सुकै भए पनि कारवाही हुने भन्दै बोली फेरे।




Back to top button